+

फिफा वरीयता नेपाल यथावत

२०७९ भदौ  ९ गते १८:२० २०७९ भदौ ९ गते १८:२०
फिफा वरीयता नेपाल यथावत

९ भदौ, काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल १७६ औं स्थानमा यथावत छ ।

फिफाले बिहीबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल यथावत रहेको हो । दुई महिनाअघि भने नेपाल ८ स्थान तल झर्दै १७६औं स्थानमा पुगेको थियो । नेपालले यो अवधीमा कुनै पनि अन्तर्राष्ट्रिय म्याच खेलेको थिएन ।

दक्षिण एसियाली राष्ट्रहरुमध्ये नेपाल भारत र माल्दिभ्सपछि छ । भारत १०४ र माल्दिभ्स १५६ औं स्थानमा यथावत नै छ । दक्षिण एसियाका भुटान १८६ औं, बंगलादेश १९२ औं, पाकिस्तान १९५ औं र श्रीलंका २०७ औं स्थानमा छन् ।

विश्व वरीयतामा ब्राजिल शीर्ष स्थानमा छ भने बेल्जियम दोस्रो, अर्जेन्टिना तेस्रो, फ्रान्स चौथो र इंग्ल्याण्ड पाँचौ स्थानमा यथावत छ ।

स्पेन छैटौं, इटली सातौं, नेदरल्यान्ड्स आठौं, पोर्चुगल नवौं र डेनमार्क दशौं स्थानमै यथावत छन् । एसियाली राष्ट्रहरुमा अघि रहेका इरान २२ औं, जापान २४ औं र दक्षिण कोरिया २८ औं स्थानमा छन् ।

फिफा वरीयता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय