+
+

बिन्दा पाण्डेको प्रस्ताव : एक व्‍यक्तिले दुई पटकभन्दा बढी चुनाव लड्‍न नपाउने व्यवस्था गरौं

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ९ गते १९:१२

९ भदौं, काठमाडौं । नेकपा एमालेको पोलिटब्यूरो बैठकमा प्रत्यक्षतर्फ पनि लगातार उम्मेदवार बन्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने प्रस्ताव आएको छ ।

बिहीबार केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकमा डा.विन्दा पाण्डेले एक व्यक्तिले दुईपटक भन्दा धेरै चुनाव लड्न नपाउने व्यवस्था गर्नु राम्रो हुने प्रस्ताव राखेकी हुन् । ‘एउटै व्यक्ति लगातार कति वटा चुनाव लड्ने हो ? यसबारे पनि व्यवस्था गरौं’, पाण्डेको प्रस्ताव थियो ।

उनले आगामी चुनावमा प्रत्यक्षतर्फ महिला उम्मेदवार संख्या अधिकतम बढाउनुपर्ने प्रस्ताव गरिन् । अर्का नेता निरु पालले एउटै व्यक्तिलाई दुईपटक भन्दा धेरै समानुपातिक कोटामा राख्न नहुने सुझाव राखिन् ।

अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि उनले आगामी चुनावमा अहिलेका समानुपातिक सांसद कसैलाई पनि दोहोर्‍याउन नहुने प्रस्ताव गरेकी छन् ।

‘एकपटक समानुपातिक सांसद भइसकेपछि त आफ्नो फिल्ड बनाउनुपर्यो नि’ पन्तको प्रस्ताव थियो, ‘सधैं पार्टीले सांसद बनाइरहने गर्नु हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?