
फाइल तस्वीर ।
९ भदौ, काठमाडौं । काठमाडौंका मेयर बालेन शाहले आज बिहीबार दिनभर काठमाडौंको बानेश्वर शंखमुल आसपासका मापदन्डविपरीतका संरचना खाली गराउँदै, भत्काउँदै हिँडे । साँझ आफ्नै आयोजनामा महानगरपालिकाका कर्मचारीलाई दर खुवाउन अघि सरे ।
उपमेयर सुनीता डंगोलसहित पुगेका बालेनले महानगरका कर्मचारी महिलाहरुसँग तीजको रहर आयो बरिलै जस्ता गीतहरुमा नाचे । उपमेयर सुनीता भने थपडी बजाउँदै बसे पनि नाच्न भने अन्कनाइन् ।
महानगरको तीज अहिले पनि काठमाडौंको सभागृहमा चलिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4