+
+

मधेशका मन्त्रीहरुको पुत्ला जलाउने १०० जनाभन्दा बढी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ९ गते २०:०९

९ भदौ, जनकपुरधाम । मधेशका मुख्यमन्त्री र मन्त्रीहरुको पुत्ला जलाउने क्रममा जनकपुरधामबाट प्रहरीले १०० जनाभन्दा बढीलाई पक्रेको छ ।

चुरे तथा वन जंगल संरक्षण अभियानको अगुवाइमा मुख्यमन्त्री र मन्त्रीहरुको पुत्ला बोकेर मधेश भवनतिर जाने क्रममा उनीहरुलाई पक्राउ गरिएको छ । धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीले १ सय ८ जनालाई पक्राउ गरिएको जानकारी दिए ।

उनले निषेधित क्षेत्रतर्फ जान रोकेका प्रहरीको घेरा तोड्न लागेपछि उनीहरुलाई पक्राउ गरिएको बताए । त्यस क्रममा झडप समेत भएको थियो ।

मधेश सरकारको उद्योग, पर्यटन तथा वन मन्त्रालयले सिरहास्थित मारुती सिमेन्टले वन क्षेत्र अतिक्रमण गरेको सम्बन्धमा अस्पष्ट प्रतिवेदन प्रस्तुत गरेको भन्दै उनीहरु आक्रोशित भएर मुख्यमन्त्री र मन्त्रीहरुको पुत्ला जलाउन मधेश सरकारको मुख्यालय रहेको मधेश भवनतिर गएका थिए ।

मारुती सिमेन्ट उद्योगले सार्वजनिक वन क्षेत्र अतिक्रमण गरेको सन्दर्भमा नापी कार्यालयले काम नगरेको र डिभिजन वन कार्यालयले सिरहा नापी कार्यालयलाई पत्राचार गरे पनि काम नभएको भन्दै प्रदेश सरकारले प्रतिवेदन सार्वजनिक गरेको छ ।

सुकुम्बासीको नाममा गैर सुकुम्बासीलाई सार्वजनिक वन अतिक्रमण गर्न दिएको, सुकुम्बासीलाई जग्गा दिन नचाहेको भन्दै अभियानको व्यानरमा पछिल्लो एक वर्ष यता जनकपुरधाम केन्द्रीत आन्दोलन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?