
९ भदौ, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का युवा नेता सतिश सिंह जनमत पार्टीमा प्रवेश गरेका छन् ।
बिहीबार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा आयोजित कार्यक्रममा सिंहसहितका नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका हुन् ।
जनमतमा प्रवेश गर्ने सिंह तिलाठी कोइलाडी गाउँपालिकाका निवर्तमान अध्यक्ष पनि हुन् । ३० वैशाखको स्थानीय तहको चुनावमा उनी पुनः लोसपाबाटै अध्यक्ष पदमा पराजित भएका थिए ।
२०७४ को चुनावमा सिंह तत्कालीन राजपाबाट गाउँपालिका अध्यक्षमा चुनाव जितेका थिए ।
पार्टी प्रवेश गर्ने सिंहसहितका नेता÷कार्यकर्तालाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले स्वागत गरेका छन् ।
नवप्रवेशी सिंह जनमत पार्टीबाटै प्रदेश सभाको निर्वाचनमा उम्मेदबार बन्ने उनी निकट श्रोत बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4