
काठमाडौं । मिस युनिभर्स नेपालको उपाधि सोफिया भुजेलले जितेकी छन् । बिहीबार भएको ग्रान्ड फिनालेमा उनलाई मिस युनिभर्स २०२१ सुजिता बस्नेतले ताज लगाइदिइन् ।
विपना अधिकारी फस्ट रनरअप, आस्मा केसी सेकेन्ड रनरअप, सेफिना जोसुआ थर्ड रनरअप र मोनालिसा पराजुली फोर्थ रनरअप घोषित भए ।
विजयी भएसँगै सोफियाले १० लाख रुपैयाँ र अन्य उपहार प्राप्त गरिन् । साथै, मिस युनिभर्सको अन्तर्राष्ट्रिय संस्करणमा प्रतिस्पर्धाको मौका पनि उनले पाएकी छन् ।
तस्विरहरु : शंकर गिरी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4