+

युरो र सेबलाई सफलता

२०७९ भदौ  १० गते ८:४८ २०७९ भदौ १० गते ८:४८
युरो र सेबलाई सफलता

१० भदौ, काठमाडौं । आयोजक युरो स्कुल र सेबले युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार जित हात पारेका छन् ।

हात्तीगौडास्थित घरेलु कोर्टमा युरोले बाबालाई ५७–२१ को फराकिलो अन्तरले पराजित गर्‍यो । युरोको जितमा सूर्यान्श खत्रीले १७ अंक योगदान गरे । पवन पराजुलीको ८ अंक सहयोगमा सेबले ड्याफोडिललाई ३५–११ ले हरायो ।

ब्वाइजमै सेन्ट जेभियर्सले विल्सनलाई १७–१६, काठमाडौं वर्ल्ड स्कुलले गुहेश्वरीलाई ३१–१९ तथा सेन्ट जोसेफले आलोक विद्याश्रमलाई ४२–८ ले पाखा लगाए । सेन्ट जेभियर्सका शुभम् सैजुले १७, काठमाडौं वर्ल्डका सफल थापाले २० तथा सेन्ट जोसेफका प्रसिद्ध थापाले २० स्कोर गरे ।

गर्ल्समा दीक्षालयले संस्कृतिमाथि २२-४ को सहज जित दर्ता गर्‍यो । विजेताकी पेम्बा शेर्पाले १६ अंक जोडिन् ।

बास्केट बल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय