
१० भदौ, काठमाडौं । शुक्रबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार बिहीबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला ९५ हजार ८ सय र तेजानी सुन ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने १ हजार १७५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार र बिहीबार भने सुनको मूल्य बढेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4