
१० भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले राहदानी विभागमा रहेको ‘बेसमेन्ट पार्किङ’ सर्वसाधरणका लागि खुला गरिदिन आग्रह गरेको छ ।
महानगरका नगरप्रहरी प्रमुख राजु पाण्डेले विभागका महानिर्देशक सुरेन्द्रकुमार यादवसँग भेट गरी यस्तो आग्रह गरेका हुन् । पाण्डेले विभागका महानिर्देशक यादवलाई भने, ‘बेसमेन्ट पार्किङ सर्वसाधरणका लागि खोलिदिनु पर्यो ।’
पाण्डेको आग्रहपछि यादवले बेसमेन्ट अन्य प्रयोजनका लागि नभई कार्यालयकै लागि प्रयोग भइरहेको बताए ।
महानिर्देशक यादवले महानगरको टोलीलाई १० मिनेट कुराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4