
१० भदौ, काठमाडौं । निहारिका राजपुतले नायिका करिमा मानन्धरले दिएको २१ हजार रुपैयाँ सहयोग फिर्ता गरेकी छन् । करिश्माले छोरालाई किनिदिएको चश्मा पनि निहारिकाले फर्काइन् ।
राजपुत अनसन बसेका बेला करिश्माले आर्थिक रुपमा सहयोग गरेकी थिइन् । तर पछिल्लो समय करिश्माले बलात्कारी आरोप लागेका व्यक्ति र निहारिकाका तस्वीरहरु सार्वजनिक गरेपछि दुरी बढ्यो ।
त्यसैले निहारिकाले करिश्मालाई उनले दिएको रकम फिर्ता गरिदिएकी छन् । निहारिका रकम फिर्ता गर्न गोदावरीस्थित करिश्माको घरमा पुगेकी थिइन् । तर त्यहाँ नभेटेपछि उनी करिश्मा सहभागी भएकी कार्यक्रममा पुगिन् ।
निहारिकाले रकम फिर्ता गर्दा करिश्माले लिन मानेकी थिइनन् । तर निहारिकाले मलाई तपाईंको दया चाहिएको छैन भन्दै फिर्ता गरिदिइन् । करिश्माले पनि मैले दुःख गरेर कमाएको रकम हो, गलत काममा प्रयोग भएन भन्दै स्वीकार गरेकी छन् ।
अब करिश्माविरुद्ध कानुनी उपचार खोज्ने निकारिकाले बताएकी छन् ।
प्रतिक्रिया 4