+
+

पैंचोका उत्पादन अमेरिका निर्यात हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १० गते १६:५०

१० भदौ, काठमाडौं । ग्रामीण क्षेत्रको कृषिजन्य उत्पादनलाई प्रशोधन गरी बिक्री वितरण गर्दै आएको पैंचो पसलले उत्पादन गरेका कृषि वस्तुहरु अब अमेरिकामा पनि निर्यात हुने भएको छ ।

शुक्रबार न्यूयोर्कमा कार्यालय रहेको फेन्सी हाउस इन्कले नेपालको अग्नि एक्जिम प्रालिसँग सम्झौता गरेको हो ।

सम्झौतासँगै जाम, केचप, सस, टोमेटो प्यूरी, भेनेगर, फापरको पिठो, कोदोको पिठो, सिन्की, मस्यौरा, जुम्लाको सिमी, पहाडी जिल्लामा उत्पादित मकैको च्याँख्ला लगायतका खाद्य वस्तु अमेरिकामा निर्यात सुरु हुनेछ ।

गुल्मीबाट सुरु भएको पैंचो पसलले गुल्मी, पाल्पा, अर्घाखाँची, बागलुङ, प्यूठान, रोल्पा, रुकुम, सल्यान, जुम्ला, कालीकोट लगायतका जिल्लाका किसानले उत्पादन गरेको कृषिजन्य पदार्थलाई खरिद गरेर बजारीकरण गर्दै आएको छ ।

निर्यातसम्बन्धी समझदारीले अर्गानिक र इन्ट्रिग्रेटेड पेस्ट म्यानेजमेन्ट पद्धतीबाट उत्पादित ग्रामीण खाद्यवस्तुको रैथाने स्वादलाई अमेरिकामा लैजान सुरु गरिएको पैंचो पसलका बजार व्यवस्थापक लक्ष्मण गैरेले बताए ।

‘लामो समय विदेशमा बसे पनि नेपाली स्वादप्रति भोको हुने आम उपभोक्ताको मनोविज्ञान र मागलाई मध्यनजर गर्दै विशुद्ध पहाडी र उच्चपहाडी भूभागका कृषकले उत्पादन गरेको कृषिजन्य पदार्थलाई प्रशोधन गरी निर्यात गर्न पाउँदा खुसी छौं’ गैरेले भने । पैंचोका उत्पादन गुणस्तरीय र नेपाली स्वादमा समेत अब्बल रहेको उनले दाबी गरे ।

पैंचोका उत्पादनहरु अग्नि एक्जिममार्फत फेन्सी हाउस इन्कले अमेरिका लैजाने र त्यहाँका सबै राज्यमा बिक्री सुरु गर्ने फेन्सी हाउस इन्कका निर्देशक अनिल रौनियारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?