
१० भदौ, काठमाडौं । त्रिपुरेश्वरमा रहेको राहदानी विभागले आफ्नो अण्डरग्राउण्डमा रहेको होल्डिङ एरियामा पार्किङ खुल्ला गर्ने भएको छ ।
काठमाडौं महानगरपालिकाले बेसमेन्टमा रहेको प्रतीक्षा कक्ष हटाउन भन्दै कुर्सीहरु उठाएर खाली गरेपछि विभागले एक सूचना जारी गर्दै खुल्ला गर्ने बताएको हो ।
विभागले आइतबारबाट बेसमेन्ट खुल्ला गर्ने भन्दै विभाग बाहिर सडकमा पार्किङ नगर्न र कार्यालयमा सेवाग्राही मात्रै आउन पनि सूचना मार्फत अनुरोध गरेको छ ।
काठमाडौं महानगरपालिकाले पटक पटक छलफलमा पार्किङको लागि ठाउँ खाली गर्न भन्दै ताकेता गरेता पनि नमानेपछि प्रहरी लगाएर ठाउँ खाली गरेको थियो ।
राहदानी विभागले आइतबारदेखि बेसमेन्टमै पार्किङ गर्ने जानकारीसहितको सूचना निकालेपछि मेयर बालेनले विभागलाई धन्यवाद दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4