
काठमाण्डौं । नेपाल पे क्यूआरमार्फत मासिक कारोबार करिब १.५ करोड रुपैयाँ पुगैको छ । गत असार र साउन महिनामा नेपाल पे क्यूआरमार्फतको कारोबार करिब १.५ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार विभिन्न बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरु मार्फत नेपाल पे क्यूआरमा भुक्तानी प्राप्त गर्न विभिन्न मर्चेन्टहरुलाई इन्रोल गर्ने कार्यको पनि थालनी भइसकेको छ । हाल विभिन्न बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एप, वालेट एप तथा कनेक्ट आईपीएस मोबाइल एपमार्फत नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने प्रावधान रहेको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार उक्त सुविधा एभरेस्ट बैंक (ईबीएल टच२४), हिमालयन बैंक (एचआई–एमबी), माछापुच्छ्रे बैंक (एमबीएल एम–स्मार्ट), मेगा बैंक (मेगा स्मार्ट बैंकिङ), एनआईसी एसिया (एमओ बैंक), सानिमा बैंक (सजिलो ई–बैंकिङ), सनराइज बैंक (स्मार्ट प्लस), कामना सेवा विकास बैंक (केएस आई मोबाइल), गुडविल फाइनान्स (गुडविल फाइनान्स स्मार्ट), आईसीएफसी फाइनान्स ( आईसीएफसी फाइनान्स स्मार्ट), सम्वृद्धि फाइनान्स (एमबैंक), सेलकोम प्रालि (सेल पे) गरी ११ वटा मोबाइल बैंकिङ एप, एक वालेट तथा कनेक्ट आईपीएस मोबाइल एपमा उपलब्ध रहेको छ ।
नेशनल पेमेन्ट स्वीच अन्तर्गत उक्त सेवा सुचारु गर्न ५२ बैंक तथा वित्तीय संस्था र १३ भुक्तानी सेवा प्रदायकले सम्झौता पनि गरिसकेको कम्पनीको भनाइ छ ।
नेपाल पे क्यूआरको पूर्वाधारमा विभिन्न बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकले आफ्नो विभिन्न व्यावसायिक संस्थाहरुलाई मर्चेन्टको रुपमा आबद्ध गरी क्यूआर मार्फत भुक्तानी प्राप्त गर्ने सेवाको पनि थालनी भइसकेको छ । भौतिक रुपमा क्यूआर स्ट्यान्डी उपलब्ध गराई वा आफ्नो बिलिङ सिस्टममा डाइनामिक क्यूआर इन्टिग्रेट गरी वा ई–कमर्श पोर्टलमा क्यूआर गेटवे जोडी अथवा एण्डरोइड पीओएसमा इन्टिग्रेट गरी उक्त भुक्तानी सेवा उपलब्ध गरिएको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार व्यावसायिक संस्थाहरुले क्यूआरमार्फत भुक्तानी प्राप्त गर्न एभरेष्ट बैंक, हिमालयन बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, एनएमबि बैंक, एनआईसी एसिया बैंक, सानिमा बैंक, स्टयान्डर्ड चार्टर्ड बैंक, सनराइज बैंक, गरिमा विकास बैंक, कामना सेवा विकास बैंक, सेन्ट्रल फाइनान्स, गुडविल फाइनान्स, आईसीएफसी फाइनान्स, सम्वृद्धि फाइनान्स लगायत फोकसवान सोलुसन्सलाई सम्पर्क गर्न सक्दछन् भने अन्य बैंक वित्तीय संस्था तथा भुक्तानी सेवाप्रदायक पनि थपिने क्रममा रहेका छन् ।
प्रतिक्रिया 4