
१० भदौ, जनकपुरधाम । उम्मेदबार छनौट गर्ने उद्देश्यले नेपाली कांग्रेस मधेश प्रदेश समितिले प्रदेशभरिका सबै ६४ वटै प्रदेश निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाएको छ ।
प्रदेश र संघमा कांग्रेसको नेतृत्वमा सरकार निर्माण गराउन सक्ने संख्यामा जनप्रतिनिधिलाई निर्वाचित गराउने र निर्वाचनमा विजयी हासिल गर्न सक्ने योग्य, इमान्दार, पार्टीप्रति प्रतिबद्ध सम्भावित उम्मेदबारहरु छनौट लगायत खटिएको क्षेत्रको सुक्ष्म वस्तुस्थिति विश्लेषण गरी लिखित प्रतिवेदन पेश गर्ने जिम्मेबारी दिदैं प्रतिनिधि खटाइएको प्रदेश महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठले बताएका छन् । प्रदेश कार्यसमितिका सदस्यहरुलाई प्रतिनिधिको रुपमा खटाइएको छ ।
प्रतिनिधिले ‘जनताको साथमा कांग्रेस’ अभियानलाई प्रभावकारी एवं सफल बनाउन केन्द्रद्धारा जिल्लामा खट्ने केन्द्रीय प्रतिनिधिलाई सहयोग गर्दै सम्बन्धित जिल्ला कार्यसमिति, प्रतिनिधि सभा क्षेत्रिय कार्यसमिति, प्रदेश क्षेत्रिय कार्यसमिति, पालिका र वडा कार्यसमिति लगायत पार्टीका सबै तह भ्रातृ एवं शुभेच्छुक संघ–संस्थाहरुसँग समन्वय गरी अन्तरकृया, छलफल र अवलोकन गरी प्रतिवेदन पेश गर्न भनिएको उनले बताए ।
प्रतिनिधिहरुलाई भदौ १० गतेसम्म अनिवार्य जिल्ला पुग्न निर्देशन दिइएको प्रचारप्रसार विभाग प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिए ।
कुन जिल्लामा को प्रतिनिधि ?
कांग्रेसले सप्तरी जिल्लाको क्षेत्र नम्बर १ को ‘क’ मा नितु झा, ‘ख’ मा अख्तर अली, २ को ‘क’ मा बिन्दा कार्की, ‘ख’ मा सितल प्रसाद यादव, ३ को ‘क’ मा रेखा कुमारी यादव, ‘ख’ मा सरोज यादव, ४ को ‘क’ मा राजदा खातुन र ‘ख’ मा प्रमेश पोखरेललाई खटाइएको छ ।
सिरहाको क्षेत्र नम्बर १ को ‘क’ मा बुनेल राम, ‘ख’ मा आशाराम चौधरी, २ को ‘क’ मा शिबकुमारी साह, ‘ख’ मा नितु झा, ३ को ‘क’ मा लोकनारायण प्रसाद यादव, ‘ख’ मा राजेश्वरी यादव, ४ को ‘क’ मा भुनेश्वर साफी र ‘ख’ मा पार्वती देवी माझीलाई खटाइएको छ ।
धनुषाको क्षेत्र नम्बर १ को ‘क’ मा सुरेश प्रसाद यादव, ‘ख’ मा नुरुन नेसा, २ को ‘क’ मा सुरेश लाल कर्ण, ‘ख’ मा रेखा यादव, ३ को ‘क’ मा नरेन्द्र यादव, ‘ख’ मा शिबनारायण यादव, ४ को ‘क’ मा सुनिल ठाकुर र ‘ख’ मा लक्ष्मण प्रसाद ठाकुरलाई खटाइएको छ ।
महोत्तरी क्षेत्र नम्बर १ को ‘क’ मा हरिनारायण साह, ‘ख’ मा भावना ढुँगेल घिमिरे, २ को ‘क’ मा राजकिशोर यादव, ‘ख’ मा बासुलाल महतो, ३ को ‘क’ मा बालेश्वर मण्डल, ‘ख’ मा सरेश ठाकुर हजाम, ४ को ‘क’ मा रचना श्रेष्ठ माधेमा र ‘ख’ मा जीवनाथ चौधरीलाई खटाइएको छ ।
सर्लाहीको क्षेत्र नम्बर १ को ‘क’ मा सूर्यबहादुर थापा, ‘ख’ मा अन्जु झा, २ को ‘क’ मा नितेश कुमार गुप्ता, ‘ख’ मा रबिन्द्रचन्द्र कोइराला, ३ को ‘क’ मा अरुण कुमार साह, ‘ख’ मा अच्छेलाल राय यादव, ४ को ‘क’ मा राजेश गिरी र ‘ख’ मा नागेन्द्र साहलाई खटाइएको छ ।
रौतहटको क्षेत्र नम्बर १ को ‘क’ मा उदयनारायण चौधरी, ‘ख’ मा शर्मिला थापा, २ को ‘क’ मा रामबाबु साह, ‘ख’ मा मदनबहादुर विक, ३ को ‘क’ मा धर्मलाल राय, ‘ख’ मा जसोधा कुमारी यादव, ४ को ‘क’ मा सोनी कुमारी बोञ्जन र ‘ख’ मा ध्रुब प्रसाद रिजाललाई खटाइएको छ ।
बाराको क्षेत्र नम्बर १ को ‘क’ मा ममता महतो, ‘ख’ मा पिंकी साह, २ को ‘क’ मा नितेन्द्र साह, ‘ख’ मा प्रेमशंकर सिंह, ३ को ‘क’ मा ताज अली अन्सारी, ‘ख’ मा रमाकान्त चौरसिया, ४ को ‘क’ मा अर्चना चौधरी र ‘ख’ मा किरण कुमारी शर्मालाई खटाइएको महामन्त्री श्रेष्ठले जानकारी दिए ।
पर्साको क्षेत्र नम्बर १ को ‘क’ मा मनमाया तामाङनी, ‘ख’ मा उषा देबकोटा, २ को ‘क’ मा संजय कुमार चौरसिया, ‘ख’ मा अतिउर रहमान, ३ को ‘क’ मा सिता कुमारी पासवान, ‘ख’ मा शान्ति सिंह, ४ को ‘क’ मा सिता कुमारी मैनाली र ‘ख’ मा उपेन्द्र जयसवाललाई खटाइएको छ ।
प्रतिक्रिया 4