
काठमाडौं । बर्जर पेन्टस् नेपालले यो वर्षको चाडपर्वमा ‘बर्जर रंगोत्सव ग्राहक’ योजना ल्याएको छ । कम्पनीका अनुसार यो योजना १ भदौदेखि १० मंसिरसम्म लागू हुनेछ । दशैं-तिहार लगायतका चाडपर्वका साथै फिफा विश्वकपलाई लक्षित गरी यो अफर ल्याएको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार फिफा विश्वकप २०२२ को उत्साहलाई अझ दोब्बर वृद्धि गर्न बर्जर पेन्टस नेपालले लक्की ड्र पुरस्कार सहितको आकर्षक अफर पनि ल्याएको छ । यस योजनामा सहभागी भई १५० भन्दा धेरै घरधनीहरुले नगद तथा जिन्सी पुरस्कारहरु जित्न सक्नेछन् ।
बर्जर पेन्टस नेपालका कन्ट्री मेनेजर सत्य प्रकाशले यस योजनाले चाडपर्वको उल्लाससँगै फुटबल जोशलाई जगाउने लक्ष्य लिएको बताए । उत्साहजनक अफरका साथै आकर्षक पुरस्कारले चाडपर्व तथा फुटबलको उत्सवलाई दोब्बर पार्ने उनको भनाइ छ ।
बर्जको प्रिमियम उत्पादनहरु वेदरकोट लङ्गलाइफ, वेदरकोट अल गार्ड, सिल्क ब्रिज इजी, सिल्क ल्यामर र सिल्क लक्जरी इमल्सनमा यो योजना लागू गरिएको कम्पनीको भनाइ छ । यो योजना अन्तर्गत बर्जर पेन्टस्को छनोट रेन्जबाट न्यूनतम ५० हजार रुपैयाँमा पेन्टस् किन्दा १०० वर्गफिट बराबरको सिल्क इलुजन वाल पेन्ट पुरस्कार प्रदान गरिनेछ ।
कम्पनीका अनुसार एक भाग्यशाली घरधनीले लक्की ड्र मार्फत सोनी ७५ इन्चको एलईडी टिभी बम्पर पुरस्कारमा जित्ने अवसर पाउनेछन् भने दुई जनाले सामसुङको ३४५ लिटरको रेफ्रिजेरेटरको मेगा पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछन् । त्यस्तै १० जनाले सामसुङको ७.२ किलोको वासिङ मेसिन २० जनाले, सामसुङकै ए ०३७ मोबाइल फोन र ७५ जना भाग्यशाली विजेताले एक्यूफिट स्मार्ट वाच जित्न सक्नेछन् । यस योजना अन्तर्गत घरधनीहरुले भर्खरै रंगाएका घरको ताजा तस्विर सामाजिक संजालमा सेयर गरी डिजिटल प्रतियोगितामा भाग लिई आकर्षक पुरस्कार जित्न सक्नेछन् ।
प्रतिक्रिया 4