+

भारतीय फुटबलमाथि फिफाको निलम्बन हट्यो

२०७९ भदौ  ११ गते ७:४१ २०७९ भदौ ११ गते ७:४१
भारतीय फुटबलमाथि फिफाको निलम्बन हट्यो

११ भदौ, काठमाडौं । तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ)माथिको निलम्बन विश्व फुटबल महासंघ फिफाले दुई साता नबित्दै फिर्ता लिएको छ ।

शनिबार बिहान फिफा काउन्सिलले भारतीय फुटबलमाथि लागेको सबै निलम्बन फिर्ताको निर्णय गरेको हो । भारतको सर्वोच्च अदालतले कार्यकारी समिति निर्माण गरेपछि तेस्रो पक्षको हस्तक्षेप ठहर गरी फिफाले गत साउन ३१ गते निलम्बन गरेको हो ।

‘अदालतबाट स्थापित कमिटीको नियन्त्रणबाट  एआइएफएफ स्वतन्त्र भएको हामीले पाएका छौं । फिफा र एएफसीले त्यहाँको आगामी परिस्थितिबारे पनि निगरानी राख्नेछ’ फिफाको वक्तव्यमा भनिएको छ, ‘हामी निर्धारित समयमै निर्वाचन गराउन एआइएफएफलाई सहयोग गर्नेछौं ।’

फिफाले आगामी अक्टोबर ११ देखि ३० सम्म हुने तय भएको फिफा यू-१७ महिला विश्वकप पूर्वनिर्धारित मिति र स्थानमै हुने जनाएको छ ।

निलम्बन हटेसँगै आसन्न साफ महिला च्याम्पियनसिपमा पनि भारतको सहभागिता निश्चित छ । यसपल्ट दक्षिण एसियाका सातै देशको सहभागिता तय भएकोमा भारतीय फुटबलमाथि निलम्वनले संसय बढेको थियो ।

साफ महिला च्याम्पियनसिप भदौ २१ देखि असोज ३ सम्म काठमाडौँमा हुँदैछ ।

फिफा भारतीय फुटबल महासंघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय