
जगदम्बाश्री पुरस्कार पाउने दुर्गाप्रसाद श्रेष्ठ र मदन पुरस्कार प्राप्त नवराज लम्सालको कृति अग्निको कभर ।
११ भदौ, काठमाडौं । २०७८ सालको मदन पुरस्कार डा. नवराज लम्सालको कविता संग्रह अग्निले पाएको छ । मदन पुरस्कार गुठीको साधारण सभाले अग्निलाई मदन पुरस्कार दिने निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।
त्यस्तै २०७८ सालको जगदम्बा-श्री पुरस्कार बनारसबाट प्रकाशित ‘उदय’का सम्पादक दुर्गाप्रसाद श्रेष्ठले पाएका छन् ।
दुवै पुरस्कारको राशि जनही ४ लाख रुपैयाँ छ । दुवै पुरस्कार घटस्थापनाको भोलिपल्ट प्रदान गरिने अध्यक्ष दीक्षितले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4