+
+

शनिबार हलमा ओइरिए दर्शक, नेपाली फिल्मलाई राहत

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ११ गते २०:४३
शनिबार राजधानीको सिभिल मलस्थित क्यूएफएक्स सेन्ट्रल सिनेमामा फिल्म ‘प्रकाश’ हेर्दै दर्शक ।

काठमाडौं । शनिबार हलमा चलिरहेका नेपाली फिल्म ‘प्रकाश’ र ‘राधा’को अकुपेन्सी उत्साहजनक देखिएको छ । राजधानीका मल्टिप्लेक्सदेखि केही सिंगल स्क्रिनसम्मको दर्शकीय उपस्थितीले निर्मातालाई राहत दियो ।

‘प्रकाश’को देशब्यापी अकुपेन्सी ६० देखि ८५ प्रतिशतसम्म देखियो भने ‘राधा’को अकुपेन्सी ५० देखि ७० प्रतिशतसम्म देखिएको छ । ‘कबड्डी ४ पछि दर्शक हलमा आएको पाइयो’ क्यूएफएक्स सेन्ट्रल सिनेमाका व्यवस्थापक शंकर नेपालले भने ।

‘वर्ड अफ बलियो भएमा विकडेजमा पनि दर्शक आउन सक्छन्’ उनले भने । दुबै फिल्मको शुक्रबारे ओपनिङ कमजोर भएपनि शनिबार भने अकुपेन्सीमा वृद्धि भएको देखियो । शनिबार मल्टिप्लेक्सले सोज संख्या वृद्धि मात्र गरेनन्, दर्शक अनुकूल सोज समय पनि निर्धारण गरे ।

यी दुबै फिल्मले प्रिमियरबाट राम्रो प्रतिक्रिया बटुलेका छन् । प्रदीप खड्का स्टारर फिल्म ‘प्रकाश’ले सरकारी शिक्षक बन्न संघर्ष गर्ने कर्णालीको एक बिपन्न युवकको कथा पेश गर्छ ।

सृष्टि श्रेष्ठको प्रमुख भूमिका रहेको फिल्म ‘राधा’ले हराएका पति खोज्न पत्नीले गर्ने संघर्षलाई चित्रण गर्छ । यी दुबै फिल्मले शनिबार राम्रो कमाइ गर्दा बलिउड फिल्म ‘लाइगर’ले भने सुखद अकुपेन्सीका लागि संघर्ष गर्नुप¥यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?