
१२ भदौ, काठमाडौं । नेकपा एमालेका सचिव योगश भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले गरेका औपचारिक अनौपचारिक छलफललाई लिएर भइरहेको टिप्पणीप्रति आपत्ति जनाएका छन् ।
उनले तत्कालीन राष्ट्रपति रामवरण यादबले आयोजना गरेका औपचारिक तथा अनौपचारिक भेटघाट र छलफलमा भाग लिएका वरिस्ठ व्यक्तिले नै त्यहि काम भण्डारीले गर्दा अनावश्यक सक्रियता भन्दै टिप्पणी गरेर दोहोरो चरित्र देखाएको बताए ।
भट्टराईले फेसबुकमा लेखेका छन्, ‘राष्ट्रपतिको यो काम हिजो पनि ठीक थियो र आज पनि ठीक छ ।’ आफूले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक संसदले फेरि जस्ताको तस्तै पारित गरेपछि राष्ट्रपति भण्डारीले विभिन्न व्यक्तिहरुसँग छलफल गर्दै आएका छिन् । जसलाई लिएर उनको आलोचना भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4