+
+

सेल्सबेरी योजनामा रुवेशले जिते १ तोलाको छड्के तिलहरी

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १२ गते १६:५४

काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरले चाडपर्वलाई लक्षित गरी सञ्चालन गरेको ‘चाडवाडको लहर तिलहरीको रहर’ अफरको पहिलो हप्ताको विजेता रुवेश राना घोषित भएका छन् ।

पहिलो हप्ताको विजेता बन्दै उनले १ तोलाको छड्के तिलहरी जितेका छन् । रानाले सातदोबाटो स्टोरबाट सपिङ गरेका थिए । यो योजना अन्तर्गत हरेक हप्ता एक जना ग्राहकले १ तोलाको छड्के तिलहरी जित्नेछन् ।

सेल्सबेरीले चाडपर्वलाई लक्ष्ँित गरी सञ्चालन गरेको ४ हप्ता ४ छड्के तिलहरी जित्ने योजना १–३१ भदौसम्म लागू हुनेछ ।

यस योजना अनुसार ग्राहकहरुले सेल्सबेरीका विभिन्न शाखाहरु तथा सेलवेज पोखराका शाखाहरुमा सपिङ गरी फोन पे मार्फत कारोबार गर्नुपर्ने हुन्छ । आगामी ३ हप्तासम्म क्रमशः विजेता घोषणा गर्दै जाने सेल्सबेरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?