
काठमाडौं । सौरभ ग्रुप अन्तर्गतको सर्वाेत्तम सिमेन्टले निर्माणका क्रममा घाइते भएका एक ठेकेदारलाई दुर्घटना बीमा रकम हस्तान्तरण गरेको छ । कीर्तिपुरको भैंसेबजारमा निर्माणाधीन एक भवनको चौथो तल्लाबाट खसेर घाइते भएका ठेकेदार ठाकुर सिंह गुरुङलाई बीमा बापतको रकम हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।
उपचारका क्रममा उनलाई सर्जरी लगायत स्टेनलेस स्टिल इम्प्लान्टका साथै करिब २ महिनासम्मको पूर्ण रुपमा आराम आवश्यक रहेको चिकित्सकहरुले बताएका छन् ।
दुर्घटनामा पर्नु अघि नै ठेकेदार सिंहले सर्वाेत्तम सिमेन्टले आयोजना गरेको “ठेकेदार भेटघाट कार्यक्रम” मा आफ्नो साइट रजिष्टर गराएका थिए । सोही रजिष्टारको आधारमा सिंहलाई बीमा रकम हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।
भवन निर्माणका क्रममा ठेकेदार तथा अन्य निर्माणकर्मीहरुले उठाउनेजोखिमलाई मध्यनजर गर्दै सर्वाेत्तम सिमेन्टले साइट रजिष्टर गराएका ठेकेदारहरुका लागि ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमाको व्यवस्था ल्याएको थियो ।
यस बीमा सुविधाले निर्माणकर्मीहरुलाई निमार्णकार्यका क्रममा घाइते हुँदा लाग्ने उपचार खर्च तथा त्यसपछिको जीविकोपार्जनमा केही सहुलियत पुग्ने विश्वास कम्पनीले लिएको छ ।
निर्माणकर्मीहरुको सुरक्षा तथा सुस्वास्थय सुनिश्चित गर्नुका साथै कम्पनीका विभिन्न सामाजिक दायित्व पूरा गर्ने लक्ष्य अनुरुप यस्तो व्यवस्था ल्याएको कम्पनीका ब्राण्ड म्यानेजर गोपाल सारदाले बताए ।
प्रतिक्रिया 4