+
+

प्रचण्डको क्षेत्रमा रेणु दाहाल चुनावी कमाण्डर

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १२ गते २०:००

१२ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले बागमती प्रदेशका निर्वाचन क्षेत्रमा चुनावी कमाण्डर तोकेको छ । आइतबार बागमती प्रदेश क्षेत्रका केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीहरुको बैठकमा केन्द्रीय सदस्यहरुको कार्यविभाजन गरिएको हो ।

दुई महिना चुनावी मैदानमा खटिने गरी सबै केन्द्रीय सदस्यलाई प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्र तोकेर जिम्मेवारी दिइएको प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले जानकारी दिए ।

बागमती प्रदेशका १३ जिल्लाका प्रतिनिधिसभा क्षेत्रमध्ये माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र चितवन–३ को जिम्मा रेणु दाहालले पाएकी छिन् ।

भरतपुर महानगरकी मेयर समेत रहेकी रेणु नेकपा माओवादी केन्द्र चितवनकी इन्चार्ज समेत हुन्।

कुन क्षेत्रका चुनावी कमाण्डर को ? 

काठमाडौं

१– अनिल शर्मा
२– मा कुमार पौडेल
३– मा बद्री बजगाईं
४–गोविन्द बटाला
५– कल्पना शर्मा
६– हिमाल शर्मा
७– रामबाबु फुयाँल
८– सरिता श्रेष्ठ
९– शंकर दुलाल
१०– अञ्जना विसङ्खे

चितवन

१– कञ्चन खनाल
२–घनश्याम दाहाल
३–रेणु दाहाल

ललितपुर

१–गंगा पराजुली
२–उर्मिला लामा
३–हरि दाहाल, पद्मा राई

भक्तपुर
१– देवेन्द्र श्रेष्ठ र डीपी ढकाल
२–दिलीप प्रजापती

काभ्रे

सूर्यमान दोङ र रुकु चौलागाई,

सिन्धुपाल्चोक

युवराज दुलाल र माधव सापकोटा

दोलखा

देवी खड्का

रामेछाप

श्यामकुमार श्रेष्ठ

सिन्धुली

दीर्घराज श्रेष्ठ र वसन्त माझी

मकवानपुर

१– विजय गौतम
२–कुमारी मोक्तान

नुवाकोट

१–हितबहादुर तामाङ
२–विमला सुवेदी

धादिङ

शालिकराम जम्कट्टेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?