
१२ भदौ, काठमाडौं । सिट संख्याको दाबीबाट कुनै दल पछि हट्न तयार नभएपछि सत्ता गठबन्धनको सिट बाँडफाँट सम्बन्धी कार्यदल बैठकमा आज कुनै प्रगति भएन ।
सहमति नभएपछि अहिलेसम्म कार्य दलमा उठेका विषय शीर्ष तहलाई जानकारी गराउने सहमति भएको छ ।
अर्को बैठक कहिले बोलाउने निर्णय गर्ने अधिकार नेपाली कांग्रेसलाई दिएको कार्यदलमा रहेका राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले जानकारी दिए ।
सिट बाँडफाँटका लागि बनेको कार्यदलको बिहीबार बसेको बैठकमा कांग्रेसले १०० र माओवादी केन्द्रले ६० सिट दाबी गरेको थिए । एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिट दाबी गरेको थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4