+

साफ महिला च्याम्पियनसिपका लागि पाकिस्तानी टिम काठमाडौं आइपुग्यो

२०७९ भदौ  १३ गते ८:५६ २०७९ भदौ १३ गते ८:५६
साफ महिला च्याम्पियनसिपका लागि पाकिस्तानी टिम काठमाडौं आइपुग्यो

१३ भदौ, काठमाडौं । यही भदौ २१ गतेदेखि आयोजना हुने साफ महिला च्याम्पियनसिपका लागि पाकिस्तानी टिम काठमाडौं आईपसगेको छ ।

पाकिस्तानी टिम आइतबार राति नै काठमाडौं आइपुगेको हो । टोलीलाई अखिल नेपाल फुटबल संघ ( एन्फा)का सदस्य सरिला श्रेष्ठ र मनिष जोशीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

पाकिस्तान ‘समूह ए’ मा छ । यस समूहमा साविक विजेता भारत, बंगलादेश र माल्दिभ्स पनि छ ।

आयोजक नेपालसहित भुटान र श्रीलंका ‘समूह बी’ छन् । भुटानको टिम यसअघि नै नेपाल आइसकेको छ ।

पाकिस्तान साफ महिला च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय