
१३ भदौ, दाङ । निरन्तरको वर्षाका कारण तुलसीपुर उपमहानगरपालिकाको साततलेमा पहिरो खसेपछि राप्ती राजमार्ग अवरुद्ध भएको छ ।
दाङ–सल्यान सडक खण्डअन्तर्गत तुलसीपुर–३ साततलेमा पहिरो खसेपछि बिहानैदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिए ।
उनका अनुसार बिहान करिब तीन बजेतिर पहिरो खसेपछि सडकमा यातायात आवागमन ठप्प भएको छ । वर्षा निरन्तर भइरहेकाले पहिरो हटाउन समस्या भएको प्रहरी प्रवक्ता गौतमले बताए ।
वर्षा रोकिएपछि पहिरो पन्छाउने उनले बताए । बाटो बन्द भएकाले सवारी साधनहरू सल्यानको कपुरकोट र दाङको तुलसीपुरमा राेकिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4