+
+

एमाले सांसदलाई गृहमन्त्रीको जवाफ : अस्वीकृत भइसकेको संशोधनबारे छलफल गर्नु उपयुक्त नहोला

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १३ गते १३:४१

१३ भदौ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक स्वीकृत गर्दा अस्वीकृत भइसकेको संशोधनबारे छलफल गर्न उपयुक्त नहुने बताएका छन् ।

विधायन व्यवस्थापन समितिमा सोमबार भएको छलफलमा एमाले सांसदहरुले नागरिकता विधेयकबारे सरकारको धारणा मागेका थिए । एमाले सांसद देवेन्द्र दाहालले सरकारको धारणा आएछि मात्र आफूहरुलाई सहज हुने बताए ।

राष्ट्रियसभा सदस्य विमला राई पौड्याल ले भनिन्, ‘अहिले फिर्ता आइसकेपछि पहिले हालेको संसोधन के हुन्छ ? छलफल हुन्छ भने संशोधनकर्तालाई बोलाऊ ।’ अर्का सदस्य भैरवसुन्दर श्रेष्ठले विज्ञहरुलाई पनि सुन्नुपर्ने बताए ।

गृहमन्त्री खाँणले राष्ट्रपतिको पत्रको सम्मान गर्ने बताए । उनले भनेका छन्, ‘हाम्रो संसदीय अभ्यासमा विधेयक प्रमाणीकरणका लागि पठाएपछि संदेशसहित फिर्ता आएको प्रक्रिया नै हो । यसलाई सरकार सम्मान नै गर्न चाहन्छ ।’

तर नागरिकता विधेयक स्वीकृत गर्दा अस्वीकृत भइसकेको संशोधनमाथि छलफल नहुने बताए । उनले भनेका छन्, ‘विधेयक स्वीकृत गर्दा अस्वीकृत भइसकेको संशोधनबारे छलफल गर्नु उपयुक्त नहोला । यसकारण राष्ट्रपतिले पठाएको सन्देशउपर नै छलफल गर्नु उपयुक्त हुन्छ भन्ने लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?