
१३ भदौ, काठमाडौं । बिरा कम्प्लेक्स र काठमाडौं महानगरपालिकाबीच अन्डरग्राउन्ड संरचनामा पसल नचलाउने सहमति भएको छ । कम्प्लेक्सको भूमिगत भागको पसल हटाउन गएको महानगरको टोली र कम्प्लेक्स सञ्चालकबीच भएको छलफलमा बेसमेन्टमा गोदाम मात्रै चलाउने सहमति भएको हो ।
महानगरपालिकाका अनुसार उक्त भवनको बेसमेन्टमा गोदाम राख्ने गरी नक्सा पास भएको थियो । तर, गोदाम सञ्चालन नगरी अस्तव्यस्त तवरले पसल चलाएपछि हटाउन महानगरको टोली पुगेको थियो ।
वडा नम्बर २२ का वडाध्यक्ष चिनकाजी महर्जनले नक्साअनुसारकै प्रयोग गर्ने सहमति भएको जानकारी दिए । आजैबाट संरचना हटाउने सहमति भएको उनले बताए ।
हेर्नुहोस् सम्झौताः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4