
१३ भदौ, काठमाडौं । अमेरिकाको गायन रियालिटी शो ’अमेरिकन आइडल’ का फस्ट रनर अप दिवेश पोखरेल (अर्थर गन) कुश्मा पुगेर द क्लिफमा बन्जी गरेका छन् ।
सांगीतिक कार्यक्रमका सिलसिलामा नेपाल आइपुगेका दिवेशले पोखराको कार्यक्रम सकेर आइतबार बन्जी गर्न गएका हुन् ।
‘नेपालमै रहेको विश्वकै दोश्रो अग्लो बन्जीमा जम्प गर्न पाउँदा एकदमै खुशी छु,’ दिवेशले भनेका छन्, ‘सुरुमा डर लाग्ने भए पनि जम्प पछाडिको खुशी अद्भूत हुने रहेछ ।’
विश्वकै अग्लो स्विङ समेत सञ्चालन गर्दै आइरहेको द क्लिफको स्काइ साइक्लिङ, स्काइ क्याफे, गुलेली पिङ, हाइ रोप स्टेसन, स्काइ ग्लाइडिङसहितका खेलहरु खेलाउने गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4