
काठमाडौं । महालक्ष्मी विकास बैंकले नन्दी माध्यामिक विद्यालय नक्सालमा कक्षा ८ मा अध्यनरत छात्र सन्तोषकुमार मण्डललाई लक्ष्मण बाबु जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ ।
विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था मनकामना विकास बैंकका संस्थापक अध्यक्ष स्व. लक्ष्मणबाबु श्रेष्ठको स्मृतिमा स्थापित जेहेन्दार छात्रवृत्तिबापत ५० हजार रुपैयाँ मण्डलले पाएका हुन् ।
बैंकका संस्थापक तथा मनकामना दर्शन प्रालिका सञ्चालक राजेशबाबु श्रेष्ठले मण्डललाई उक्त छात्रावृत्ति रकम हस्तान्तरण गरेका हुन् ।
धनुषाको धवौली स्थायी घर भएका सन्तोषकुमार मण्डलको आर्थिक अवस्था कमजोर भएकोले उनको अध्ययनमा सहयोग पु¥याउने उद्देश्यले उक्त छात्रावृत्ति रकम हस्तान्तरण गरेको बैंकले जनाएको छ ।
कार्यक्रममा बोल्दै राजेशबाबु श्रेष्ठले विद्यार्थीलाई प्रदान गरिने यस्ता छात्रवृत्तिले गुणस्तरीय शिक्षामा टेवा पुर्याउने बताए ।
शिक्षा, स्वस्थ्य, दैवी प्रकोप, संस्कृति प्रवद्र्घन लगायतका क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गोर्खा र चितवनमा विभिन्न कार्यक्रम गर्दै आएको मनकामना दर्शन प्रालिले आगामी दिनमा काठमाडौंमा पनि त्यस्ता कार्यक्रम आयोजना गर्ने प्रतिवद्धता जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले विद्यार्थीहरु देशका कर्णधार भएकोले गुणस्तरीय शिक्षा अपरिहार्य रहेको बताउँदै विद्यार्थीको शैंक्षिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया 4