
१३ भदौ, बाजुरा । नेकपा एकीकृत समाजवादी बाजुराले युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेश शाहीलाई प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस गरेको छ ।
बिस्तारित बैठकबाट शाहीलाई सर्वसहमत सिफारिस गरिएको हो । प्रदेशसभा सदस्य उम्मेदवारका लागि बाजुरा (क) बाट केन्द्रीय सदस्य हिक्मतबहादुर शाही, पार्टी जिल्ला सचिव पुरबहादुर रावत र युवा संघ केन्द्रीय सदस्य धर्मबहादुर शाहीको नाम सिफारिस गरिएको छ ।
बाजुरा (ख) का लागि जिल्ला अध्यक्ष गगन रावल र नेता नन्देवी साउद खड्काको नाम सिफारिस गरिएको छ । संघीय समानुपातिकतर्फ काँशी नेपाली, दावा गुरुङ भोटे र सत्य खड्का सिफारिस भएका छन् ।
प्रदेशसभा समानुपातिकतर्फ अमृता रावल बोहोरा र सतल कामी विकको नाम सिफारिस गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4