
१४ भदौ, काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको प्रतितोला मूल्य ३०० सय रुपैयाँले बढेको छ ।
मंगलबार छापावाल सुनको प्रतितोला मूल्य ९४ हजार ८०० र तेजावी सुनको ९४ हजार ३०० रुपैयाँ तोकिएको छ । सोमबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार ५०० र तेजावी सुन ९४ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो ।
मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार चाँदीको कारोबार सोमबारकै मूल्यमा प्रतितोला १ हजार १४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4