
काठमाडौं । रिभरसाइड स्पा एन्ड रिट्रिट प्रालिले सञ्चालनमा ल्याएको त्रिशुली रिभरसाइड रिसोर्टमा रहेको स्काइरोप साइकलिङ र जिपलाइनले पर्यटन विभागबाट मान्यता प्राप्त गरेको छ ।
रिसोर्टले हालै जिपलाइन र स्काइरोप साइकलिङको इजाजतपत्र (लाइसेन्स) पाएको रिसार्टका सञ्चालक उद्धव कँडेलले जानकारी दिए । यस अगाडि पर्यटन विभागको निरीक्षण भ्रमण पछाडि पर्यटकहरुलाई सेवा दिँदै आएको कँडेलले बताए । यो कम्पनीले एक दशकभन्दा लामो समयदेखि र्याफ्टिङ, क्यानोइङ, कायाकिङसहितका गतिविधि सञ्चालन गर्दै आएको छ । यसमा जिपलाइन र स्काइरोप साइक्लिङ थपिएको थियो । यहाँ नदी माथी स्काइरोप साइक्लिङ गर्न मिल्ने गरी डिजाइन गरिएको छ ।
काठमाडौंबाट सत्तरी किलोमिटर दुरीमा पृथ्वी राजमार्गको मलेखु नजिकै मालिङ्गामा रहेको रिसोर्टको स्काइरोप साइक्लिङमा २ वटा ट्रयाक छन् । एउटा ट्रयाकमा एक जना खेल्न मिल्छ भने अर्कोमा जोडी नै एकैसाथ खेल्न मिल्छ । दुई तर्फी दुरी तीन सय पचास मिटर रहेको साइक्लिङ खेल्न प्रतिव्यक्ति सात सय रुपैयाँ र फोटो भिडियोको लागि थप पाँच सय लाग्ने कँडेलले जानकारी दिए ।
रिसोर्टमा जिपलाइन पनि नदी पार गर्ने गरी नै बनाइएको छ । रिसोर्ट परिसरबाट जिपलाइन नदी पारीतर्फ ल्यान्डिङ हुन्छ ।
जिपलाइन र स्काइरोप साइक्लिङको लागत करिब २ करोड रहेको र आगामी दिनमा अन्य एड्भेन्चर गतिविधि थप्दै जाने उनी बताउँछन् ।
प्रतिक्रिया 4