१४ भदौ, काठमाडौं । फिफा रेफ्री कविन व्यन्जनकार र फिफा असिस्ट्यान्ट रेफ्री युनाल मल्लले श्रीलंकामा हुने साफ यू-१७ च्याम्पियनसिप खेलाउने भएका छन् ।
दक्षिण एसियाली फुटबल महासंघ साफले नेपालबाट दुई रेफ्रीले प्रतियोगिता खेलाउने पुष्टी गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
साफ यू-१७ च्याम्पियनसिप सेप्टेम्बर ५ देखि १४ सम्म श्रीलंकामा हुँदैछ ।
प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । यस समूहमा नेपालसँगै भारत र भुटान छन् । नेपालले भुटानसँग सेप्टेम्बर ७ मा पहिलो खेल खेल्दै प्रतियोगिता सुरु गर्नेछ । आयोजक श्रीलंकासँगै माल्दिभ्स र बंगलादेश समूह ‘ए’ मा छन् ।
प्रतिक्रिया 4