+

बर्नमाउथका प्रशिक्षक स्कट पार्कर बर्खास्त

२०७९ भदौ  १४ गते १४:३५ २०७९ भदौ १४ गते १४:३५
बर्नमाउथका प्रशिक्षक स्कट पार्कर बर्खास्त

१४ भदौ, काठमाडौं । प्रिमियर लिग क्लब बर्नमाउथले प्रशिक्षक स्कट पार्करलाई बर्खास्त गरेको छ । नयाँ सिजनको चार खेलपछि नै पार्कर बर्खास्तीमा परेका हुन् ।

यस सिजन पहिलो खेलमा एस्टन भिल्लाई हराए पनि त्यसपछि बर्नमाउथ आर्सनल, म्यानचेष्टर सिटी र लिभरपुलसँग पराजित भएको थियो । चार खेलपछि बर्नमाउथ १७औं स्थानमा छ ।

पार्करले क्लबको ट्रान्सफर गतिविधिमाथि प्रश्न उठाउँदै प्रिमियर लिगमा खेल्न क्लबसँग युवा टिम नरहेको प्रतिक्रिया दिएका थिए । लिभरपुलसँग पछिल्लो खेलमा ९-० को फराकिलो हारपछि पार्करले आफूले सोचेजस्तो बलियो टोली बनाउन नपाउनुका लाखौँ कारण रहेको बताएका थिए । पार्कर १४ महिनाअघि फुलहम छाडेर बर्नमाउथका प्रशिक्षक बनेका हुन् ।

बर्नमाउथका मालिक म्याक्सिम डेनिले क्लबलाई गत सिजन क्लबलाई च्याम्पियनसिपबाट प्रिमियर लिगमा बढुवा गराउनका लागि पार्करले खेलेको भूमिका इतिहासमा सधैं सम्झिरहने भन्दै क्लबको दिर्घकालीन विकासको लागि यो कदम चाल्नुपरेको बताएका छन् ।

डेनिनले चाँडै नयाँ प्रशिक्षक खोजिने समेत बताएका छन् । तत्कालका लागि ग्यारी ओ’नेलले अन्तरिम प्रशिक्षकको रुपमा काम गर्ने र उनलाई शन कुपर र टोमी एल्फिकले सहयोग गर्ने बर्नमाउथले जनाएको छ ।

बर्नमाउथ स्कट पार्कर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय