+
+

एमालेमै फर्किन्छु भनेपछि एकीकृत समाजवादीका नेता कारबाहीमा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १४ गते १७:३९

१४ भदौ, धनगढी । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश कमिटीका उपसचिव तारा लामा तामाङलाई पदबाट हटाएको छ ।

उनले सोमबार प्रदेशसभामा विशेष समय लिएर बोल्दै अब उप्रान्त नेकपा एकीकृत समाजवादीमा नरही निर्वाचित भएको पार्टी नेकपा एमालेको सदस्यको हैसियतले प्रस्तुत रहने धारणा राखेपछि एकीकृत समाजवादीले कारबाही गरेको हो ।

उनलाई पार्टी विधान अनुसार सुदूरपश्चिम प्रदेश कमिटीको उपसचिव पदमा नरहने गरी कारबाही गरिएको प्रदेश अध्यक्ष हर्कबहादुर सिंहले बताए ।

पार्टीको केन्द्रीय सदस्यसमेत रहेका तामाङलाई साधारण सदस्य समेत नरहने गरी जिम्मेवारीबाट हटाउन प्रदेश कमिटीले केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ । त्यस्तै प्रदेशसभा सदस्य पदबाट पनि कारबाही गर्न प्रदेशसभा संसदीय दललाई निर्देशन दिएको अध्यक्ष सिंहले बताए ।

हेर्नुहोस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?