+
+

हनुमान ढोका दरबार क्षेत्रका निर्माण सामग्री हटाउन पर्यटन मन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १४ गते १७:४२

१४ भदौ, काठमाडौं । हनुमानढोका दरबार क्षेत्रमा राखिएका निर्माण सामग्री हटाउन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठले निर्देशन दिएका छन् ।

मंगलबार सो क्षेत्रको स्थलगत अनुगमन गर्दै उनले दरबार क्षेत्रमा राखिएका ईंटा, जस्ताको छाप्रो र अन्य संरचना तत्काल हटाउन निर्देशन दिएका हुन् । यसले पर्यटकको आगमन र अवलोकनमा बाधा पुगेको उनले बताएका छन् ।

स्थलगत अनुगमनका क्रममा सरोकारवालासँग छलफल गरी छरपस्ट अवस्थामा रहेका सामग्री तत्काल हटाउन निर्देशन दिइएको हो ।

नजिकिंदै गरेको इन्द्रजात्रा र त्यस अवसरमा हुने जात्रालाई लक्षित गरी मन्त्री श्रेष्ठले स्थलगत अनुगमन गरेका हुन् । उनले दरबार क्षेत्रलाई व्यवस्थित र संरक्षणमा स्थानीय संघसंस्था तथा सम्बन्धित निकायले समन्वय र सहकार्य गर्नुपर्ने समेत उल्लेख गरेका छन् । उनले जात्रा सफल बनाउन समेत सबैसँग आह्वान समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?