
१४ भदौ, बुटवल । नेकपा एकीकृत समाजवादीले रुपन्देही-१ बाट महासचिव बेदुराम भूसाल, उपमहासचिव डा. विजय पौडेल र उमापति पाण्डेलाई प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस गरेको छ ।
त्यसैगरी क्षेत्र नं २ बाट पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज राजु गुरुङमात्र उम्मेदवार सिफारिस भएका छन् । रुपन्देही- ३ बाट उमादेवी काफ्ले, कमल भण्डारी, अविराम बिक र इन्द्रजित यादवलाई सिफारिस गरिएको एकीकृत समाजवादीले जनाएको छ । त्यस्तै रुपन्देही- ४ बाट श्रीराम यादव, क्षेत्र नं ५ बाट कुलेन्द्र पुनलाई सिफारिस गरेको पार्टी अध्यक्ष अविराम विश्वकर्माले बताए ।
एकीकृत समाजवादीले रुपन्देहीका १० वटा प्रदेशसभा निर्वाचनतर्फ ३९ जनाको नाम सिफारिस गरेको छ । प्रदेशसभा तर्फ १ को (क) मा टंक पोख्रेल, सरस्वती पोख्रेल, रामधारी यादव, सुशीला भट्टराई सिफारिस भएका छन् । त्यस्तै १ (ख) बाट कृष्ण भुसाल, सरिता श्रीस, इन्द्रजीत यादव, मालती अधिकारीलाई सिफारिस गरिएको छ ।
यसैगरी २ (क) तर्फ भगवती घिमिरे, यम पछाइ, गुप्त बहादुर केसी र राम ब बिक, २ (ख) तर्फ पार्टीका केन्द्रीय सदस्य डा.बालकृष्ण चापागाईं, हिराध्वज शाह, सरिता श्रीस र जुद्द केसीलाई सिफारिस गरिएको छ ।
त्यसैगरि सिफारिस हुनेहरुमा ३ (क) डा. ऋषिराम पाण्डे, सुवर्ण कुँवर, शार्दुल मयुर कशौधन, आनन्दप्रसाद गुप्ता, ३ (ख) का लागि गोपाल नेपाल, लिलबहादुर बिक, आशा थारु, थानेश्वर खरेल, ४ (क) का लागि अशोक शुक्ला, यादवेन्द्र शुक्ल, राममिलन मलाह, कपिलमणि यादव ४(ख)– श्रीराम यादव, दिनेश भुसाल, आनन्द प्रसाद गुप्ता छन् ।
यस्तै ५ (क) महेश पन्थी, अर्जुन ढकाल, राम ब बिक, पार्वती पौडेल, ५ (ख) राजकुमार गुप्ता, सफिउर रहमान अन्सारी, मजहर कमाल, किस्मती यादव रहेको नेकपा एकीकृत समाजवादी रुपन्देहीले बताएको छ ।
पार्टीको केन्द्रीय सर्कलर अनुसार नामहरु सिफारिस गरिएको भएपनि गठबन्धनमा सिट बाँडफाँटपछि मात्रै आधिकारिक रुपमा उम्मेदवार तय हुने अध्यक्ष विश्वकर्माले बताए ।
प्रतिक्रिया 4