+
+

मोरङ- ३ मा कांग्रेसबाट सुनिल शर्मा उम्मेदवार सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १४ गते १९:००

१४ भदौ, विराटनगर । नेपाली काङ्ग्रेस क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको उम्मेदवारमा डा. सुनिल शर्माको नाम सिफारिस गरेको छ ।

मंगलबार बसेको बैठकले नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पताल विराटनगर र काठमाडौं मेडिकल कलेजका सञ्चालक शर्माको एकल नाम सिफारिस गरेको हो । बैठकले समानुपातिक तर्फ भने तीन जनाको नाम सिफारिस गरेको छ ।

क्षेत्रीय सभापति गणेश खड्काका अनुसार शर्माको नाममा सहमति जुटेपछि एक जनाको मात्र नाम सिफारिस भएको हो । ‘केन्द्रको सर्कुलर अनुसार हामीले मिटिङ राखेका थियौं, ६ जनाले आकांक्षा देखाएपनि प्रत्यक्ष तर्फ शर्माको नाममा सहमति भयो’, उनले भने,‘समानुपातिक सूचीका लागि तीन जनाको नाम सिफारिस गरेका छौं ।’

समानुपातिक सूचीमा बसन्त भट्टराई, जयराज संयोक लिम्बु र मित्रसेन योञ्जनको नाम सिफारिस भएको उनले बताए । डाक्टर शर्मा महाधिवेशन प्रतिनिधिसमेत हुन् ।

२०७४ सालको निर्वाचनमा उनी वाम गठबन्धनका उम्मेदवार भानुभक्त ढकालसँग पराजित भएका थिए । नेकपा एमालेका ढकालले ४२ हजार ४१३ मत प्राप्त गर्दा शर्माले ४० हजार ५०७ मत प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?