१४ भदौ, काठमाडौं । नेपालमा आयोजना हुने साफ महिला च्याम्पियनसिपका लागि मार्केटिङ, टिकेटिङ र ब्रोडकास्टिङ अधिकार भारतीय कम्पनी हन्ड्रेड स्पोर्टस म्यानेजमेन्ट प्रालिले पाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले गरेको जारी गरेको बोलपत्रमा आवेदन दिएका दुईमध्ये हन्ड्रेड स्पोर्टसले अधिकार पाएको हो ।
मंगलबार एन्फा मुख्यालय सातदोवाटोमा महासचिव किरण राई र हन्ड्रेड स्पोर्टसका संस्थापक तथा प्रवन्ध निर्देशक रविन्द्र भाटीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
साफ महिला च्याम्पियनसिपको डिजिटल अधिकार पनि सोही कम्पनीमा निहित हुनेछ । साफ महिला च्याम्पियनसिपको छैटौं संस्करण भदौ २१ देखि असोज ३ गतेसम्म काठमाडौंमा हुनेछ ।
प्रतिक्रिया 4