+

डिबलाको २ गोलमा रोमाको जित

२०७९ भदौ  १५ गते ८:१८ २०७९ भदौ १५ गते ८:१८
डिबलाको २ गोलमा रोमाको जित

१५ भदौ, काठमाडौं । पाउलो डिबलाले दुई गोल गरेपछि रोमा इटालियन सिरी ए मा मोन्जालाई ३-० ले पराजित गरेको छ ।

यसै सिजन रोमा पुगेका डिबलाले पहिलो पटक रोमाका लागि लिगमा गोल गरेका हुन् ।यस्तै तेस्रो जित निकालेको रोमा चार खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ ।

घरेलु मैदान स्टाडिओ ओलम्पिकमा डिबलाले १८औं र ३२औं मिनेटमा गोल गरे । अर्को गोल रोजर इबानेजले ६१औं मिनेटमा गरे ।

लगातार चौथो हारपछि अंकविहिन मोन्जा अन्तिम स्थानमा छ ।

यस्तै मंगलबार राति भएको अर्को खेलमा इन्टर मिलानले क्रेमोनेसलाई ३-१ ले पराजित गरेको छ ।

इन्टरको जितमा जाआक्विन कोरेयाले १२औं, निकोलो बरेलाले ३८औं र लाउटरो मार्टिनेज ७६औं मिनेटमा गोल गरे । क्रेमोनेजका लागि डाभिड ओकेरेकेले अन्तिम समयमा सान्त्वना गोल फर्काए ।

यस सिजन तेस्रो जित निकालेको इन्टर चार खेलबाट ९ अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ ।

लगातार चौथो खेल हारेको क्रेमोनेज अंकविहीन हुँदै १९औं स्थानमा छ।

इटालियन सिरी ए पाउलो डिबला
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय