
घरेलु मदिरा बनाउने भट्टी । फाइल तस्वीर
१५ भदौ, वीरगञ्ज । बाराको आदर्श कोतवाल गाउँपालिकामा अवैध रुपमा सञ्चालित मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । आदर्श कोतवाल गाउँपालिका वडा नं.६ पटेर्वा बस्ने सञ्जिप जैसवालले सञ्चालन गरेको अवैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको हो ।
भट्टीमा रहेको १ हजार लिटर तयारी मदिरा र ६ हजार लिटर कच्चापदार्थ समेत नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । स्थानीय प्रतिनिधिको रोहवरमा छापा मारेर प्रहरीले रक्सी उत्पादन गर्न प्रयोग गरिने मेसिन, भाँडाकुँडा तथा ७ बोरा सख्खर समेत बरामद गरेको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न बारामा अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट गर्ने अभियान सञ्चालन गरिएको प्रहरी उपरीक्षक बोगटीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4