
१५ भदौ, दाङ । दाङमा नाचगान गर्दै गर्दा चाट्याङ लागेर दुई जानको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् ।
दाङको घोराही उपमहानगरपालिका -१२ गुरउमा मंगलबार राति ११ बजे परेको चट्याङले १६ वर्षीया दीपा घर्ती र १९ वर्षीया मोनिसा साहको मृत्यु जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
त्यस्तै दुई जना गम्भीर घाइते भएका छन् भने अन्य ११ जना सामान्य घाइते भएको डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।
तीजको बेला महिलाहरू साल डाडामा भेला भएर नाच्नेक्रममा चट्याङ परेको डीएसपी गौतमले बताए ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4