१५ भदौ, काठमाडौं । केन्या विरुद्धको पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखला जितेको नेपालको टी-२० वरीयता भने घटेको छ ।
केन्या विरुद्धको शृंखला नेपालले मंगलबार ३-२ ले जितेको थियो । तर अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले बुधबार अपडेट गरेको नयाँ वरीयता नेपाल एक स्थान तल झर्दै १६औं स्थानमा पुगेको छ ।
यसअघि नेपाल १५औं स्थानमा थियो । केन्यासँग शृंखला खेल्नुअघि नेपाल १४औं स्थानमा थियो । तर केन्यासँग दुई खेल हारेपछि वरीयतामा नेपाल पनि दुई स्थान तल झरेको छ ।
केन्यामा भ्रमणमा नेपालले वरीयता सुधार गर्ने अपेक्षा राखेको थियो । तर नेपाल दुई स्थान तल झर्यो । जसले गर्दा सन् २०२४ मा हुने टी-२० विश्वकपमा सिधै छनोट हुने नेपालको योजनामा धक्का लागेको छ ।
प्रतिक्रिया 4