
१५ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले वेसमेन्ट खाली गराउने अभियानलाई आज पनि जारी राखेको छ ।
मंगलबार हरितालिका तीज भएको कारण रोकिएता पनि भवनको नक्सा अनुसार प्रयोजन नभएको वेसमेन्टहरु हटाउन थालिएको महानगर नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।
काठमाडौं नगर प्रहरीले त्रिपुरेश्वरको राहदानी विभाग अगाडी रहेको भवनको वेसमेन्टमा सञ्चालन भइरहेका रेष्टुरेन्ट, अन्य व्यवसायहरु हटाउँदैछ । महानगर प्रहरी निर्देशन पछि रेष्टुरेन्टले आफ्नो सामाग्री हटाउन सुरु गरेको हो ।
काठमाडौं महानगरको टोली नारायण चौर स्थित रहेको बैंक अफ काठमाडौं पुगेको छ । त्यहाँ रहेको बेसमेन्टमा पार्किङ गरी अन्य प्रयोजन भएको पाइएपछि टोली पुगेको महानगर प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4