
१५ भदौ, धनगढी । सुदूरपश्चिमका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी बर्खास्त भएका छन् ।
नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका उनलाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेको उनका स्वकीय सचिव प्रेम कुँवरले जानकारी दिए ।
चौधरी नेकपा एमालेमा प्रवेश गर्ने सूचना पाएपछि सरकारबाट हटाएको कुँवरले बताए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार कञ्चनपुरको महेन्द्रनगर आएका छन् । उनले एकीकृत समाजवादीका नेता तारा लामा तामाङलगायतका नेताहरुलाई पार्टी प्रवेश गराउँदैछन् । त्यस क्रममा चौधरी पनि पार्टी प्रवेश गर्ने सूचना पाएको सुदूरपश्चिमका सत्तारुढ दलका नेताहरुले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4