
अहँ
मलाई कहिल्यै लागेन
मार्क्स मरे, कहिल्यै लागेन
गान्धी, बीपी
बुद्ध या किसुनजी
लागेन कि तिनीहरू मरे
आस्था, इमान्दारिता
दर्शन, चिन्तन र सदाचार
लाग्दैन कि कहिल्यै मर्छ ।
यो समाज
जहाँ ती सब मृत प्रायः छन्
बाँचेकै पो कहिले थिए र ?
विचारको त्यही घरमा बसेर
आफ्नैहरूका विरुध्द खबरदारी
खै, अब कसले गर्छ ?
समयलाई
सञ्चो भयो होला
एउटा प्रश्नवाचक
बिदा भयो
सदाका लागि ।
केही मान्छेहरू
अस्ति नै देखि
श्रध्दाञ्जली लेखिरहेथे
कति हतार हुन्छ है
मृत्यु खबर लेख्न मान्छेहरूलाई
जो सधैं अमर छ विचारले
उसको मृत्यु हुँदैन
बस्,
बिदा भयो एउटा प्रश्नवाचक
अनन्त प्रश्नहरू
अनुत्तरित नै छाडेर
समयलाई
सञ्चो भयो होला ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4