
१५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले महाअभियोगको प्रतिरक्षाका क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले सीमा भन्दा बाहिर गएर गएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बुधबार बयान दिने क्रममा प्रधानन्यायाधीश जबराले महाअभियोगको काम कारबाही किन ढिलो गरेको भन्दै प्रश्न गरेको भन्दै सांसद विश्वकर्माले सीमा बाहिर गएको बताएका हुन् ।
‘उहाँले आफ्नो प्रतिरक्षाका लागि केही कुराहरु सीमा भन्दा बाहिर गएर बोल्नुभयो । न्यायालय भित्रका सबै निर्णय आफूले लिनुपर्ने ठाउँमा अरुको टाउकोमा सबै दोष थुपार्नु नै सीमा बाहिर गएर बोलेको हो’ उनले भने ।
सिफारिस समितिका सदस्यसमेत रहेका विश्वकर्माले महाअभियोगको बारे पूर्वनिर्धारित कार्यतालिका परिवर्तन हुनसक्ने बताए ।
उनले संसद, आगामी निर्वाचनलाई मिलाउँदै जाँदा कार्यतालिका फेरबदल हुनसक्ने तर तोकिएको ३ महिनाको समयसीमा भित्रै महाअभियोगको छिनोफानो हुने बताए । सांसद विश्वकर्माले प्राप्त कागजातहरुको अध्ययनका लागि समितिलाई केही समय अझै लाग्ने बताए ।
प्रतिक्रिया 4