
काठमाडौं । असोज २१ गते रिलिजको तयारीमा रहेको फिल्म ‘दुई नम्बरी’को पहिलो गीत ‘झलल आयो तिम्रो याद’ रिलिज भएको छ ।
रोमान्टिक ट्रयाकमा जयन वाइबाको संगीत छ । गायनमा मेलिना राईसँग वाइबाले सहकार्य गरेका छन् । रामजी लामिछानेको नृत्य निर्देशन रहेको गीतमा सौगात मल्ल र उपासनासिंह ठकुरी फिचर्ड छन् ।
सौगात र दयाहाङबीचको मैत्रीपूर्ण सम्बन्धलाई पनि चित्रण गरिएको छ । पहिलोपटकको स्क्रिन सेयरमा सौगात र उपासना रोमान्टिक देखिएका छन् । गीतको अडियो पनि डान्सिङ मुड सिर्जना गर्ने खालको छ ।
‘कबड्डी ४’ पछि दयाहाङ र सौगातबीच ‘दुई नम्बरी’मा सहकार्य भएको हो । रेडबर्ड प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् ।
गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले निर्माणमा अमलादेवी राई र जयश श्रेष्ठसँग सहकार्य गरेका छन् । किरण नेपाली फिल्मका प्रस्तुतकर्ता हुन् ।
प्रतिक्रिया 4