
काठमाडौं । सम्भवतः सबैभन्दा बढी सुनिने नेपाली आरजे एवं पडकास्टर हुन् सविना कार्की । कुनै समयकी हिट रेडियो जक्की । उनलाई सामाजिक सञ्जालमा पछ्याउनेको संख्या लाखौं छ ।
‘यो माया भन्ने चीज कस्तो कस्तो’ नामक उनको कार्यक्रम सदाबहार हिट छ जसलाई देश विदेशबाट तन्नेरीहरु पछ्याउँछन् ।
यी लोकप्रिय पडकास्टरबारे नयाँ खबर छ । बिहेको १० वर्षपछि उनी सन्तानलाई जन्म दिंदैछिन् । भीमनिधि तिवारीको एक चर्चित कवितासँगै आफ्नो बेबीबम्पको तस्वीर सेयर गर्दै सविनाले प्रशंसकलाई प्रेगनेन्सीबारेको सरप्राइज दिएकी छन् ।
उनी लेख्छिन्, ‘म पनि आमा बन्ने तर्खरमा छु । यस आमा शब्दको गुञ्जन सुन्ने दिव्य अवसर मलाई पनि मिल्नेछ । तपाईंको आशीर्वाद, शुभेच्छा, माया सधैं लेखिरहनुस् है ।’
२०६७ माघ २६ गते अनिल पराजुली र सविनाले विवाह गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4