
काठमाडौं । काठमाडौंको थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले तेस्रो ‘टीबीसी जब फेयर’ आयोजना गर्ने भएको छ । कलेजले थापाथलीस्थित आफ्नै भवनमा आउँदो २ सेप्टेम्बरमा जब फेयरको आयोजना गर्न लागेको हो ।
कलेजको स्नातक तहमा अन्तिम वर्षमा अध्ययनरत बीबीए, बीएस्सी (हन्स) कम्प्युटिङ तथा एसीसीएका विद्यार्थी साथै स्नातोकोत्तर तहको एमएस्सी आईटी, ईएमबीए, एमबीए तथा एमआईबीएम तहका विद्यार्थीहरु पनि जब फेयरमा सहभागी हुन पाउनेछन् ।
जब फेयरमा उत्पादन, रिटेल, अकाउन्टिङ, सूचना प्रविधि तथा विभिन्न क्षेत्रमा काम गर्दै आएका बहुराष्ट्रिय तथा नेपाली कम्पनीहरुको उपस्थिति रहनेछ । कम्पनीका प्रतिनिधिहरुले टीबीसीमा हाल अध्ययनरत विद्यार्थी तथा पूर्व विद्यार्थीहरुलाई क्षमताको आधारमा कामको अवसर दिनेछन् ।
त्यस्ता कम्पनीहरुमा लिपफ्रग, दराज, द चौधरी ग्रुप, आइएमएस, बियोण्डआइडी, नेपाल पेमेन्ट सोलुसन (डीजीहब), सुबीसी केबलनेट, जिनिएस डिजाइन्स प्रालि, एक्ट ३६०, यति एयरलाइन्स, इसेवा, गेन्स, रिगो टेक्नोलोजी, युनिलिभर, क्लासिक टेक, द आइडिया जार, युएन, लुप नेटवर्क, सुलभ पे, मजेस्टिक मार्केटिङ र द ब्रिटिस कलेज रहेका छन् ।
द ब्रिटिस कलेजका एडमिसन तथा मार्केटिङ हेड अमरदिप मण्डलका अनुसार टीबीसीले हरेक वर्ष नेतृत्वदायी भूमिका खेल्दै आइरहेका कम्पनीहरु तथा विद्यार्थीहरुबीचको दूरीलाई नजिक बनाउनका लागि ब्रिजको रुपमा जब फेयरको आयोजना गर्दै आएको छ । जब फेयरमार्फत योग्य विद्यार्थीहरुले कामको अवसर पाउनुको साथै आफ्नो नेटवर्क विस्तार गर्न विशेष अवसर पाउनेछन् ।
हाल कलेजमा अध्ययनरत तथा पूर्व विद्यार्थीहरुलाई सबैलाई जब फेयरमा सहभागी हुन कलेजले आग्रह गरेको छ । जब फेयर भन्दा अघि सहभागी हुन चाहने विद्यार्थीहरुले सर्वेक्षण फर्म भर्नुपर्नेछ । जब फेयरमा आउनचाहने विद्यार्थीहरुलाई कलेजले तालिम समेत प्रदान गर्नेछ । विज्ञहरुबाट व्यक्तिगत विवरण (सीभी) बनाउने, तथा क्षमताको बारेमा जानकारी प्रदान गर्ने तथा अन्तर्वार्ताको प्रस्तुति तथा कुराकानीको बारेमा सिकाइने कलेजको भनाइ छ ।
द ब्रिटिस कलेजका स्टुडेन्ट इन्टर्नसीप अफेर्स हेड सुनिल श्रेष्ठले टीबीसीका विद्यार्थीहरुलाई आवश्यक पर्ने सीप तथा तालिम ग्रयाजुएट हुनुपूर्व नै सिकिसकेको हुने भन्दे जब फेयर पनि यसै अन्तर्गत विद्यार्थीहरुको उदेश्य परिपूर्ति गर्नका लागि गरिंदै आएको कार्यक्रम भएको बताए ।
प्रतिक्रिया 4